+
+

गौंडागौंडामा बसेका छौं, आचारसंहितालाई छल्ने प्रयास नगर्नुस् : आयुक्त भण्डारी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ३ गते १२:४८

३ मंसिर, काठमाडौं । निर्वाचन आयोगले विगतको तुलनामा यस वर्ष निर्वाचन प्रचारप्रसारको समयमा आचारसंहिता उल्लंघनका घटना कम भएको बताएको छ । आयोगले कडाइ गरेका कारण विगतको तुलनामा कमैमात्र आचारसंहिता उल्लंघनका घटना भएको बताएको हो ।

शनिबार न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा आयोगका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आचारसंहिता उल्लंघन हुनसक्ने खतरा भने रहेको बताए । उनले आफू र आफ्ना दलका प्रतिनिधि जिताउने प्रयोजनका लागि अन्तिम समयमा अझै बढी दलका नेता र उम्मेदवारहरु लापरबाही गर्नसक्ने भन्दै आयोगले सोही अनुरुप नियन्त्रण र नियमन गर्ने व्यवस्था मिलाएको बताए ।

‘आयोग यो समयावधिमा गौंडागौंडामा बसेर हेरिरहेको छ । उहाँहरु बर्दीमा नहुनुहोला तर गौंडागौंडामा बसेर निगरानी गरिरहनुभएको छ । तर बर्दीमा कोही छैन भनेर आचारसंहितालाई छल्ने प्रयोजनलाई चियाउने प्रयास नगर्नुहोला’ उनले भनेका छन् ।

आयुक्त भण्डारीले आयोगले गत स्थानीय तहको निर्वाचनमा भएका कमी कमजोरी यस पटक हुन नदिन गहन अध्ययन गरी आचारसंहिता लागू गरेको स्मरण गराए । आचारसंहितामा कडाइ नगरे स्वच्छ, निष्पक्ष, भयरहित निर्वाचन हुन नसक्ने भन्दै निर्वाचनलाई पूर्ण रुपमा सम्पन्न गर्न आयोग हरक्षण लागेको बताए ।

‘पहिला हामी आचारसंहिता कार्यान्वयन गर्न सुधारात्मक पक्षमा थियौं । सचेत मात्रै गराइरहेका थियौं । अहिले हामी थोरै भएपनि दण्डात्मक रुपमा पेस भएका छौं । कोही पनि चाहे एक रुपैयाँ होस् चाहे लाख रुपैयाँ होस्, कोही पनि दण्डको भागी हुन्छ भने उसले प्रचलित कानूनबमोजिम तर्जुमा भएको आचारसंहिता उल्लंघन गरेको नै ठहर्छ’ भण्डारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?