+
+

मतदाताहरु झिसमिसेमै भोट हाल्ने लाइनमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते ६:४७

४ मंसिर, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनका लागि मतदाताहरु बिहानैदेखि लाइनमा बसेका छन् । मतदानको समय बिहान ७ बजेदेखि सुरु हुने भए पनि चाँडै पालो पाइने भन्दै मतदाताहरु झिसमिसेमै मतदानस्थल पुगेर लाइन बसेका हुन् ।

काठमाडौं क्षेत्र नं. ४ को बालउद्धार मावि मतदान केन्द्रमा मतदाताहरु बिहानै लाइनमा बसेको देखियो ।

प्रतिनिधिसभाका २७५ र प्रदेशसभाका ५५० सदस्य चयनका लागि आज बिहान ७ बजेदेखि साँझ ५ बजेस्म्म मतदान हुँदैछ । देशभर १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन गराउन आयोगबाट खटिएका कर्मचारी आवश्यक सबै सामग्री लिएर मतदान केन्द्रमा पुगिसकेका छन् । उनीहरुले आइतबार विहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुने मतदानका लागि लाइन लाग्ने, मतपत्र लिने, मत संकेत गरेर मतपेटिकामा खसाल्नका लागि सहज हुने गरी सबै तयारी पूरा गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?