+
+

रौतहटको गुजारा नगरपालिकामा हवाई फायर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते ९:४७

४ मंसिर, काठमाडौं । रौतहटको गुजारा नगरपालिका–४ को एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको छ ।

मतदान केन्द्र बाहिर दुई पक्षबीच झडप भएपछि प्रहरीले एक राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए ।

मतदानस्थल बाहिर हुलहुज्जत गरेका कारण उनीहरुलाई तितरवितर पार्न गोली चलाएको उनको भनाइ छ । यद्यपि मतदान भने सञ्चालन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?