 
																			४ मंसिर, म्याग्दी । प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गरेका छन् ।
मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत इश्वरबहादुर भण्डारीले जानकारी दिए ।
म्याग्दीका १२० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ । ६ स्थानीय तह र ४५ वटा रहेको म्याग्दीमा ८६ हजार जना मतदाता छन् ।
प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । १९ जना उमेद्वार प्रतिस्पर्धामा छन् । सर्वसाधारणहरु उत्साहका साथ मतदानका लागि मतदान स्थलमा पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4