+
+

मतदान गर्न जाने क्रममा हुम्लामा वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १२:३६

सिमकोट । हुम्लाको सर्केगाड गाउँपालिका-७ को रोडिकोटमा मतदान गर्न जाने क्रममा एक जना वृद्धको मृत्यु भएको छ ।

कोट माध्यमिक विद्यालय मतदान केन्द्रमा जाने क्रममा ६२ वर्षीय मकवीर कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको हृदयघातका कारण मृत्यु भएको जनाइएको छ ।

केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको मतदान अधिकृत राजेन्द्र स्याङकुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?