+
+

गुल्मी कारागारमा ३७ कैदीबन्दीले गरे मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ४ गते १६:११

४ मंसिर, गुल्मी । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गुल्मी जिल्ला कारागारमा ३७ जना कैदीबन्दीले मतदान गरेका छन् । जिल्ला कारागार गुल्मीमा रहेका कैदीबन्दीमध्ये ३३ जना पुरुष र चार जना महिलाले मतदान गरेको मतदान अधिकृत रामबहादुर कुँवरले जानकारी दिए ।

कारागारमा मतदान गर्न अस्थायी मतदान केन्द्र निर्धारण गरिएको थियो । जिल्ला कारागारमा रहेका ८० जना कैदीबन्दी छन्, जसमध्ये ३७ जनाले मतदान गर्न पाएका हुन् ।

गुल्मीका विभिन्न स्थानमा शान्तिपूर्ण रुपमा मतदान चलिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लाका २ लाख २३ हजार ६१५ जना मतदाताका लागि २७९ वटा मतदान केन्द्र तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?