
५ मंसिर, काठमाडौं । ललितपुर क्षेत्र नं. २ को जारी मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् ।
दिउँसो १२: ३० बजे मतगणना अनुसार नेकपा एमालेका प्रेमबहादुर महर्जनले ५ हजार ७७८ मतसहित अग्रता बढाइरहेका छन् ।
उनलाई पछ्याइरहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले ४ हजार ६०० मत प्राप्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका रघुवर राज थापा ३ हजार ४३४ मतसहित तेस्रो स्थानमा छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी बुद्धरत्न महर्जन ३ हजार २६२ सहित चौथो स्थानमा रहेका छन् ।
सत्ता गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजावदीका कृष्णलाल महर्जनले २ हजार ८२८ मतसहित पाँचौं स्थानमा खुम्चिएका छन् ।
अहिलेसम्म २१ हजार ७५ मत गणना भएको छ ।
ललितपुर २ को मतगणना सातदोबाटोको नेपाल तेक्वान्दो संघको कार्यालयमा जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4