+
+

चितवन ३ मा कोइरालालाई सुरुवाती अग्रता, पाण्डेभन्दा पछाडि परे डा. अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ५ गते १८:५९

५ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवार दिनेश कोइरालाले सुरुवाती अग्रता लिएका छन् ।

नेपाली कांग्रेसबाट विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका कोइरालाले २९६ मतका साथ अग्रता लिएका हुन् । दोस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बिक्रम पाण्डे छन् । उनले २६५ मत ल्याएका छन् ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी तेस्रो स्थानमा छन् । उनले २५६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी जीता बरालले २४६ मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?