
प्रकाश ज्वाला
६ मंसिर, सल्यान । सल्यानको प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकाश ज्वालाले मतान्तर फराकिलो बनाएका छन् ।
ज्वालाले ७ हजार १२९ मतसहित अग्रता कायम गर्दा स्वतन्त्र उम्मेदवार राजेन्द्र बहादुर शाह ३ हजार ७०२ मतसहित दोस्रो स्थानमा छन् ।
नेकपा एमालेका उम्मेदवार राजेन्द्रवीर राय १ हजार ७७७ मतसहित तेस्रो स्थानमा छन् ।
प्रदेश सभा १ तर्फ सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका भिमप्रकाश शर्मा अगाडि छन् । उनले ४ हजार ३६९ मत प्राप्त गर्दा नेकपा एमालेका कुलबहादुर गिरीले २ हजार २०५ मत पाएका छन् ।
यसैगरी प्रदेशसभा २ तर्फ नेपाली कांग्रेसका सुरेश अधिकारीले ३ हजार ५७० र नेकपा एमालेका उम्मेदवार गुलावजंग शाहले ३ हजार ४४४ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4