+
+

कैलालीका ३ क्षेत्रमा नागरिक उन्मुक्ति र १ क्षेत्रमा एमालेको अग्रता

जनक विष्ट जनक विष्ट
२०७९ मंसिर ६ गते ६:४४

६ मंसिर, धनगढी । कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ । एउटा क्षेत्रमा भने नेकपा एमालेले कांग्रेसलाई पछि पार्दै अग्रता कायम गरेको छ ।

सुरुवातदेखि क्षेत्र नम्बर १, २ र ३ मा अघि देखिएको नागरिक उन्मुक्ति पार्टीले तीन वटै क्षेत्रमा अग्रता कायम राखेको छ । क्षेत्र नम्बर १ मा १० हजार २५३ मतको गणनामा उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठले चार हजार ५७८ मतका साथ अग्रता लिएकी छन् । उनलाई सुरुदेखि पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले तीन हजार मत प्राप्त गरेका छन् ।

क्षेत्र नम्बर २ मा उन्मुक्ति पार्टीका अरुणकुमार चौधरीको अग्रता छ । तीन हजार २७१ मतको गणना सकिदा एक हजार ४८८ मतसहित चौधरी अघि छन् भने उनलाई पछयाइरहेका नेकपा माओवादी केन्द्रका भगत बडुवालले ६२७ मत ल्याएका छन् ।

क्षेत्र नम्बर ३ मा उन्मुक्ति पार्टीका गंगाराम चौधरीले अग्रता कायमै राखेका छन् । चौधरीले ३० हजार ४३ मतको गणना सकिदा आठ हजार ६१४ मतसहित अग्रता लिदा उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका कृष्णकुमार चौधरीले सात हजार आठ सय ५५ मत पाएका छन् ।

कैलाली क्षेत्र नम्बर ४ मा नेकपा एमालेका लेखराज भट्टले अग्रता लिएका छन् । मतगणनाको सुरुवातदेखि अग्रता लिइरहेका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वीरबहादुर बलायरलाई पछि पार्दै भट्ट अघि देखिएका छन् । कुल सात हजार ५४५ मतको गणना सकिँदा भट्टले तीन हजार ४९४ मत प्राप्त गर्दै अग्रता लिएका छन् भने कांग्रेसका बलायरले तीन हजार ४७३ मतसहित पछ्याइरहेका छन् ।

मतगणनाको सुरुदेखि बलायर र भट्टबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । उनीहरु थोरै मतान्तरले अघिपछि देखिएका छन् । भट्ट एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज हुन् भने बलायर कांग्रेसको प्रदेश सभापति हुन् ।

दुवै जना पार्टीको सुदूरपश्चिम कमान्डर र पूर्वमन्त्री भएकाले यो क्षेत्रको प्रतिस्पर्धालाई चासोका साथ हेरिएको छ ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?