+
+

उपेन्द्र यादवसँग मतान्तर बढाउँदै सीके राउत

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ६:५०

६ मंसिर, काठमाडौं । सप्तरी क्षेत्र नम्बर २मा जनमत पार्टीका अध्यक्ष सीके राउतले दोब्बर अग्रता कायम गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग राउतले ५ हजार ७१० मतको अग्रता लिएका हुन् ।

राउतले १० हजार ७०० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी यादवले ४ हजार ९९० मत मात्रै ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १ हजार ९६१ मत पाएका छन् ।

सप्तरी २ यादवको पुरानो संसदीय निर्वाचन क्षेत्र हो । तर, जनमत पार्टीका अध्यक्ष राउतको प्रवेशले त्यहाँको प्रतिस्पर्धा रोचक भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?