+
+

गुल्मी क्षेत्र नं. १ को अर्बेनीमा पुनः मतदान जारी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ८:४३

६ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर १ अन्तर्गत कालीगण्डकी गाउँपालिका वडानम्बर–२ अर्बेनीमा आज पुनः मतदान सुरु भएको छ ।

मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिनुपर्नेमा प्रदेश सभाको प्रत्यक्ष तर्फको मतपत्र मतदातालाई दिएको विषयमा विवाद भएपछि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो । त्यसैले भगवती माविको क र ख केन्द्रमा आज बिहान ७ बजेबाट पुनः मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले बताए ।

यो केन्द्रको मतदान सकिएपछि क्षेत्र नम्बर १ को मतगणना सुरु गरिने छ । गुल्मी १ मा प्रतिनिधि सभाका लागि नेकपा एमालेबाट प्रदीप ज्ञवाली र नेपाली कांग्रेसबाट डा. चन्द्र भण्डारी मुख्य प्रतिस्पर्धी छन् ।

गुल्मी क्षेत्र नम्बर २ को भने मतगणना जारी छ । नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई पछि पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?