+
+

विनोद चौधरीलाई घण्टीले पछ्याउँदै, हृदयेश त्रिपाठी तेस्रो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते ९:५७

६ मंसिर, परासी । नवलपरासी पश्चिमको क्षेत्र नं. १ मा नेपाली कांग्रेसले अग्रता कायमै राखेको छ ।

कांग्रेसका उम्मेदवार उद्योगपति विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महेन्द्र सेन ठकुरीले पछ्याइरहेका छन् ।

नेकपा एमालेको समर्थन पाएका जनता प्रगतिशिल पार्टी (जप्रपा) का उम्मेदवार हृदयेश त्रिपाठी भने तेस्रो स्थानमा छन् ।

रास्वपाका ठकुरीभन्दा कांग्रेसका चौधरी ३०७ मत अन्तरले मात्रै अगाडि छन् । चौधरीले ३३५८ र रास्वपाका ठकुरीले ३ हजार ५१ मत पाएका छन् ।

जप्रपाका त्रिपाठीको मत २ हजार ५६८ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?