+
+

दाङ १ मा मेटमणि अगाडि, प्रदेश सभातर्फ इन्द्रजित र गंगारामको टक्कर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १३:३२
नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रजित चौधरी र एमाले उम्मेदवार गंगाराम भट्टराई (दायाँ) ।

६ मंसिर, दाङ । दाङ क्षेत्र नम्बर १ को प्रतिनिधि सभातर्फ एकीकृत समाजवादीका उम्मेदवार मेटमणि चौधरीले निरन्तर अग्रता कायम राखेका छन् । तर प्रदेश सभा १ मा भने एमाले उम्मेदवार गंगाराम भट्टराईले माओवादी केन्द्रका इन्द्रजित चौधरीलाई टक्कर दिएका छन् ।

दाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. (१) मा सत्ता गठबन्धनको तर्फबाट चौधरी र नेकपा एमालेका भट्टराईबीच एकअर्कालाई पछि पार्ने प्रतिस्पर्धा जारी छ ।

पछिल्लो पटक पुनः अग्रता कायम गरेका इन्द्रजितले २ हजार १७५ मत पाएका छन् । पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका एमाले उम्मेदवार गंगारामले २ हजार १५९ मत पाएका छन् । उनीहरुबीचको मत अन्तर जम्मा १६ छ ।

दाङ १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. (२) मा नेपाली कांग्रेसका अनुराग खड्काले नेकपा एमालेका उम्मेदवार कुलबहादुर केसीलाई ४६३ मतले पछि पारेका छन् । ६ हजार ३०० मत गणना हुँदा खड्काले २ हजार ७४९ र केसीले २ हजार २८६ मत पाएका छन् ।

प्रतिनिधि सभातर्फ भने सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीको अग्रता सुरुदेखि नै कायम छ । ५ हजार ७८२ मत गणना हुँदा मेटमणिले २ हजार २४० मत पाएका छन् ।

उनलाई पछ्याइरहेकी नेकपा एमालेकी शान्ता चौधरीले १ हजार ४५९ मत पाएकी छन् । यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवराज पाठकले १ हजार १ सय ८५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?