+
+

समानुपातिकतर्फ एमालेको अग्रता कायमै, घण्टी भन्दा माओवादी पछाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १३:४६

६ मंसिर, काठमाडौं । समानुपातिक तर्फ नेकपा एमालेको अग्रता कायम छ । सोमबार दिउँसो १ बजेसम्म अढाइ लाख गणना हुँदा एमालेले ८४ हजार ८ सय मत सहित अगाडि छ ।

एमाले भन्दा कांग्रेस १३ हजार  भन्दा बढीले पछाडि छ । कांग्रेसले ७१ हजार पाँच सय मत पाएको छ । तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी आएको छ । घण्टी चिह्नतर्फ समानुपातिकमा ३६ हजार ल्याएको छ ।

चौथो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले ३२ हजार ल्याएको छ । समानुपातिकतर्फ राप्रपाले उत्साहजनक मत पाइरहेको छ । अहिलेसम्म राप्रपाले २० हजार मत ल्याएको छ ।

३ हजार ७७६ मत ल्याएको एकीकृत समाजवादी भन्दा जनमत पार्टी, नेमकिपा र नागरिक उन्मुक्ति पार्टीले बढी मत ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?