+
+

राष्ट्रिय स्वतन्त्र पार्टीको १२ स्थानमा अग्रता, समानुपातिकमा तेस्रो

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १४:२५

६ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले देशभरका १२ स्थानमा अग्रता कायम राखेको छ । सुनसरी-१ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अशोककुमार राईलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि उम्मेदवार गोमा तामाङले ९७३ मतसहित अग्रता लिएकी छन् ।

सुनसरी-२ मै नेपाली कांग्र्रेसका सीताराम महतोलाई १८९ मतले पछि पार्दै रास्वपाका उम्मेदवार लालविक्रम थापाले ८४९ मतसहित अग्रता लिएका छन् । सुनसरी-३ मा एमाले उम्मेदवार भगवती चौधरीलाई ९५ मतले पछि पार्दै रास्वपाका कमलबाबु मैनाली ८२९ मतसहित अग्रस्थानमा छन् ।

काठमाडौं-२ मा एमालेका मणिराम फुयाललाई १ हजार ५३३ मतले पछि पार्दै रास्वपाकी सोविता गौतम ५ हजार ३३४ मतसहित पहिलो स्थानमा छिन् । काठमाडौं-६ मा नेपाली कांग्रेसका भीमसेनदास प्रधानलाई करिब २ हजार मतले पछि पार्दै रास्वपाका शिशिर खनाल ४ हजार ८८ मतसहित पहिलो स्थानमा छन् ।

काठमाडौं-७ मा एमालेका श्यामकुमार घिमिरेलाई ५१ मतले पछि पार्दै रास्वपाका गणेश पराजुली ३ हजार २१२ मतसहित पहिलो स्थानमा छन् । काठमाडौं-८ मा हाम्रो नेपाली पार्टीका सुमन सायमीलाई १ हजार ४९६ मतले पछि पार्दै रास्वपाका विराजभक्त श्रेष्ठ ६ हजार १९ मतसहित अग्रस्थानमा छन् ।

ललितपुर-३ मा एमालेका अमृत खड्कालाई १ हजार ५५९ मतले पछि पार्दै रास्वपाकी तोसिमा कार्की ६ हजार २६९ मतसहित अग्रस्थानमा छिन् । चितवन-१ मा नेपाली कांग्रेसका विश्व पौडेललाई करिब ९ सय मतले पछि पार्दै रास्वपाका हरि ढकाल ३ हजार ९७० मतसहित पहिलो स्थानमा छन् ।

झापा-४ मा एमालेका लालप्रसाद सावाँ लिम्बूलाई २५२ मतले पछि पार्दै रास्वपाका शम्भुप्रसाद ढकाल ५ हजार ९६८ मतसहित पहिलो स्थानमा छन् । यस्तै रुपन्देही-२ मा एमालेका विष्णु पौडेलाई ४२८ मतले पछि पार्दै रास्वपाका गणेश पौडेल ३ हजार ३१९ मतसहित अग्रता लिएका छन् ।

कास्की-२ मा एमाले उम्मेदवार विद्या भट्टराईलाई १७४ मतले पछि पार्दै रास्वपाका माधवप्रसाद कँडेल २ हजार ४३१ मतसहित पहिलो स्थानमा छन् ।

प्रतिनिधिसभाका १२ सिटमा अग्रता लिइरहेको रास्वपा समानुपातिक प्रणालीतर्फका मतमा पनि निकै अगाडि छ । निर्वाचन आयोगको विवरणअनुसार समानुपातिक मतमा अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा छ ।

पहिलो स्थानमा एमाले, दोस्रोमा नेपाली कांग्रेस र तेस्रोमा रास्वपा छ । समानुपातिकतर्फको हालसम्मको गणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले ३६ हजार ६७९ मत पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?