+
+

गगनलाई बधाई दिँदै राजनले भने : समानुपातिकमा एमाले नै अग्रस्थानमा छ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १५:१४

६ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य प्रत्यासी तथा नेकपा एमालेका स्थायी समिति सदस्य डा. राजन भट्टराईले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका नेता गगन थापालाई बधाई दिएका छन् ।

‘काठमाडौं ४ बाट नेपाली कांग्रेसका उम्मेदवार गगन थापा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएकोमा उहाँलाई मेरो हार्दिक बधाई छ,’ भट्टराई मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् । भट्टराई कांग्रेसका थापासँग ७ हजार ४४७ मतान्तरसहित पराजित भएका हुन् ।

लोकतन्त्रमा एकपटकको जय-पराजय सधैंभरिको जय-पराजय नहुने उनको तर्क छ । ‘संसदीय निर्वाचनको तत्कालको जय-पराजयले व्यक्ति र पार्टीको तत्कालको अंकगणितमा फरक परे पनि राजनीतिको अथक’ लामो र निरन्तरतको यात्रामा यस्ता कुराले तात्विक प्रभाव नपार्ने मान्यताका साथ म राजनीतिमा सक्रिय रहेको छु,’ उनले भने ।

नेता भट्टराईले ‘विभिन्न शक्ति केन्द्रको एमालेविरोधी गठबन्धनको अवस्थामा पनि’ एमालेलाई नेपाली जनताले भरपर्दो साथसहयोग दिएको निष्कर्ष सुनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?