+
+

तेह्रथुममा एमालेका विजय सुब्बाले लिए अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १८:०५

६ मंसिर, काठमाडौं । तेह्रथुममा नेकपा एमालेले अग्रता लिएको छ ।

मंगलबार साँझ १००३ मत गणना गर्दा नेकपा एमालेका विजय सुब्बाले ५६० मतसहित अग्रता लिएका छन् ।

नेपाली कांग्रेसकी उम्मेदवार सीता गुरुङले ३९६ मत पाएकी छन् । यो क्षेत्रबाट यसअघि नेकपा एमालेबाट भवानी खापुङ निर्वाचित भएका थिए ।

यसपटक सत्ता गठबन्धनले कांग्रेस उम्मेदवार गुरुङलाई समर्थन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?