+
+

रुपन्देही-२ मा एमालेका विष्णु पौडेलले लिए अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते १९:२६

६ मंसिर, बुटवल । रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार विष्णु पौडेलले अग्रता कायम गरेका छन् ।

मतगणनाको सुरुवातदेखि नै अग्रता लिइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई उनले पछि पारेका छन् । १५ हजार ६२४ मत गणना हुँदा एमालेका पौडेलले ५ हजार ३११ मत ल्याएका छन् भने रास्वपाका पौडेलले ५ हजार १३६ मत पाएका छन् ।

सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा ३ हजार ९६० मत पाउँदै तेस्रो स्थानमा छन् ।

१ लाख २६ हजार ८०७ मतदाता रहेको क्षेत्र नम्बर २ मा ८० हजार मत खसेको थियो । यो क्षेत्रमा विष्णु पौडेलले यसअघि लगातार तीनवटा निर्वाचन जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?