+
+

म्याग्दीको प्रदेशसभा-२ मा  माओवादी केन्द्रका रेशम जुग्जाली निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ६ गते २१:१६

६ मंसिर, बेनी । म्याग्दीको प्रदेशसभा क्षेत्र (२) बाट नेकपा माओवादी केन्द्रका रेशम जुग्जाली (सुविन) निर्वाचित भएका छन् ।

नौ हजार ४५४ मत ल्याएर जुग्जाली गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । सत्तारुढ गठबन्धनको समर्थन पाएका जुग्जालीका प्रतिस्पर्धी नेकपा एमालेका यामबहादुर जुग्जालीले नौ हजार ३५३ मत पाएका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए । १०१ मतान्तरले रेशम निर्वाचित भएका हुन् । ३७ हजार ६४८ जना मतदाता रहेको प्रदेशसभा क्षेत्र (२) मा आइतबार भएको निर्वाचनमा २१ हजार सात मत खसेको थियो । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक हुन् ।

मालिका गाउँपालिका–७ का जुग्जाली २०५७ देखि माओवादीमा आवद्ध छन् । २०७४ मा मालिका ७ को वडा अध्यक्षमा निर्वाचित जुग्जाली गत वैशाखको स्थानीय तह चुनावमा सोही पालिकाको अध्यक्षमा पराजित भएका थिए । जुग्जालीलाई सत्तारुढ नेपाली काँग्रेस, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले सर्मथन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?