+
+

काठमाडौं-८ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते ६:२७

७ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ८बाट राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनले १० हजार १०५ मत पाएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी सुमन सायमीले ६ हजार १७४ मत पाएका छन् । एकीकृत समाजवादीका नेता तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले ४ हजार ८७७ मत पाएका छन् ।

विजयी श्रेष्ठ यसअघि विवेकशील साझा पार्टीबाट बाग्मतीमा प्रदेश सभा सदस्य थिए ।

त्यसैगरी काठमाडौं ८को प्रदेशसभाको ‘ख’ तर्फ राप्रपाका उद्धब थापा विजयी भएका छन् । उनले ३ हजार ३४९ मत पाएका भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ४ हजार ८७७ मत पाएका छन् । कांग्रेसका उम्मेदवारले १ हजार ८३७ मत मात्रै पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?