+
+

स्वतन्त्र उम्मेदवार रहेका फिल्म निर्देशक पण्डित भन्छन् : मंसिर ४ देखि नयाँ फिल्म लेख्न प्रारम्भ गरेँ

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते ७:२७

काठमाडौं । फिल्म निर्देशक मनोज पण्डित मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा काभ्रे-२ बाट स्वतन्त्र उम्मेदवार हुन् । उनले डोजर चिन्ह लिएर चुनाव लडेका थिए ।

जारी मतगणनामा उनको निर्वाचन क्षेत्रमा कांग्रेसले अग्रता लिइरहेको छ भने एमाले उम्मेदवार गोकुल बास्कोटा दोस्रो स्थानमा छन् ।

यस्तोमा निर्देशक पण्डितले आफूले प्राप्त गर्ने हरेक मत सद्भावको मत भएको बताएका छन् । मंसिर ४ गतेदेखि नयाँ फिल्म लेखन प्रारम्भ गरेको बताउँदै पण्डितले फिल्म र आफ्नो तेस्रो चरणको सुरुआत भएको बताएका छन् ।

फेसबुकमा उनी लेख्छन्, ‘स्वतन्त्र एक जना संसदमा गएर के गर्न सक्छ र ? भन्ने अवधारणा स्थापीत भएको कारण मैले धेरै मत ल्याउने अवस्था छैन । जति मत आउँछ त्यो सद्भाव र बैचारिक समर्थनको मत हो । म हरेक मत को सम्मान गर्दै काभ्रेपलान्चोकको हितमा सँधै काम गर्नेछु ।’

उनी अघि लेख्छन्, ‘यो चुनाब मेरो लागी प्रारम्भ हो, अध्ययन हो । आफ्नो भुगोल र समाज संगको मेरो पहिलो बार्तालाप हो । अब आफ्नो पेशा र काभ्रेको राजनीतिमा सन्तुलन व्यवस्थापन गरेर म अगाडी बढनेछु ।

मैले मंसिर ४ देखि नै नयाँ सिनेमा लेखनको प्रारम्भ गरेको छु । सिनेमामा मेरो तेस्रो चरणको प्रारम्भ भएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?