+
+

कलाकार उम्मेदवारलाई अग्रता लिनै सकस : रेखा थापा र हिमेश पन्त तेस्रोमा पछ्याउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते ७:४७

काठमाडौं । अभिनेत्री रेखा थापा र कमेडी च्याम्पियन हिमेश पन्त चुनावी मैदानमा उत्रिएका कलाकार हुन् । रेखा राप्रपाको तर्फबाट मोरङ-३ र हिमेश राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट धादिङ-१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरु हुन् ।

आज (बुधबार) बिहानसम्मको मतगणनामा यी दुबै उम्मेदवार तेस्रो स्थानमा पछ्याइरहेका छन् । यी दुबैभन्दा अघि सत्ता गठबन्धन र एमाले उम्मेदवारले अग्रता लिइरहेका छन् ।

मोरङ-३ को मतगणनामा तेस्रो स्थानमा रहेकी रेखाको मत १ हजार ८७७ (बिहान ७ बजेसम्म) रहेको छ । कांग्रेसका सुनिलकुमार शर्मा ८००५ मतसहित अग्रस्थानमा छन् ।

धादिङ-१ मा हिमेश पन्त तेस्रो स्थानमा छन् र बिहान सात बजेसम्म उनको मत ४४४३ छ । अग्रस्थानमा रहेका एकीकृत समाजवादीका उम्मेदवार तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको मत १३ हजार ६०८ छ ।

तुलनात्मकरुपमा राम्रो मत ल्याउन अभिनेत्री तथा राप्रपा उम्मेदवार थापालाई मुस्किल परिरहेको देखिन्छ । चुनावपूर्व सामाजिक संजालमा रेखाको चर्चा निकै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?