+
+
Shares

रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’ को मर्मस्पर्शी टिजर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन २९ गते १५:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेखा थापा निर्देशित फिल्म ‘माया भनेकै यस्तो होला’ को प्रेमिल टिजर सार्वजनिक गरिएको छ ।
  • यो फिल्म तीजको अवसर पारेर २६ भदौदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउँदैछ ।
  • नीति शाह, सृष्टि श्रेष्ठ र नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको फिल्मको टिजरमा सकारात्मक प्रतिक्रिया मिलेको छ ।

काठमाडौं । रेखा थापा निर्देशित आगामी फिल्म ‘माया भनेकै यस्तो होला’ को मर्मस्पर्शी र प्रेमिल टिजर युट्युबमा सार्वजनिक भएको छ । टिजरले कथावस्तु र चरित्र चित्रणबारे संक्षिप्त प्रकाश पार्छ ।

एक पुरुष पात्रको तीनजना महिला पात्रसँगको प्रेम, उनीहरूसँग विवाह, सम्बन्धको जटिलता, अपेक्षा र द्वन्द्वको कथालाई निर्देशक थापाले दृश्यभाषामा प्रस्तुत गरेकी छन् ।

माया र विवाहको बुझाइ, अर्थ र महत्वलाई पात्रको दृष्टिकोणबाट दर्शाइएको छ । तपाईंलाई रोमान्टिक, फेमिली ड्रामाहरूमा रुचि छ भने यो फिल्म दर्शनीय हुनसक्छ ।

यो फिल्म हिन्दू महिलाको पर्व तीजको छेकोमा २६ भदौदेखि देशब्यापी प्रदर्शनमा आउँदैछ । टिजर हेर्दा, फिल्मले तीजको भाइब्स र संवेदनालाई आत्मसात गर्ने पक्का छ ।

प्रदर्शनको लागि ठीक १ महिना बाँकी हुँदा टिजर सार्वजनिक गरिएको छ । युट्युबमा पनि टिजरले सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ । कतिपयले कमेन्टमा राम्रो लभस्टोरी हुनसक्ने र हेर्ने सूचीमा राखेको बताएका छन् ।

यो फिल्ममा नीति शाह, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र दिल श्रेष्ठको शीर्ष अभिनय छ । तीनैजना अभिनेत्री मिस नेपाल ब्युटी पेजेन्टका टाइटल विजेता हुन् । सृष्टि र नम्रताले वर्ल्ड र नीतिले इन्टरनेसनल विधामा मिस नेपालको ताज जितेका थिए ।

निर्देशक थापा पनि सन् १९९९ मा मिस नेपालको फाइनलिस्ट हुन् ।

यो फिल्मको निर्माण हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ र प्रकाश श्रेष्ठले गरेका हुन् । नवराज श्रेष्ठ कार्यकारी निर्माता हुन् । दिया एन्ड अमु फिल्म्सको प्रस्तुतिमा फिल्म निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?