+
+

धनकुटामा राजेन्द्रलाई पछ्याउँदै सुनिल, स्वतन्त्र उम्मेदवार भण्डारी तेस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १०:४४

७ मंसिर, धनकुटा । धनकुटामा प्रतिनिधिसभा तर्फ नेकपा एमालेका राजेन्द्र राईले अग्रता कायम गर्दा नेपाली कांग्रेस सुनिलबहादुर थापा उनलाई पछ्याइरहेका छन् ।

३६ हजार ४४३ मत गणना सकिँदा एमालेका राईले १५ हजार ३३६ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनका उम्मेदवार थापा १४ हजार ७६५ मत प्राप्त गर्दै राईलाई पछ्याइरहेका छन् ।

नेकपा माओवादी केन्द्र छाडेर स्वतन्त्र उम्मेदवारी दिएका हेमराज भण्डारी ३ हजार ७२० मतसहित तेस्रो स्थानमा रहेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?