+
+

डोटीबाट प्रदेशसभामा माओवादीका ओली विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १२:५०

७ मंसिर, डोटी । डोटीमा प्रदेशसभा (ख) बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका शिवसिंह ओली विजयी भएका छन् ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका ओलीले प्रतिस्पर्धी नेकपा एमालेका टेकबहादुर बमलाई ९ सय १९ मतले पछि पार्दै विजयी भएका हुन् ।

ओलीले १४ हजार ४७ मत ल्याउँदा बमले १३ हजार १ सय २८ मत पाए । राप्रपाका मोहन बमले १ हजार ३ सय २७ प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?