+
+

नसोचेको टिकटले मानबहादुर बन्दैछन् सांसद

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १६:३०

७ मंसिर, विराटनगर । ५३ वर्षीय मानबहादुर लिम्बूले मंसिर ४ गतेको निर्वाचनमा उठ्ने इच्छा राखे पनि सुरुमा पार्टीले पत्याएन । मोरङ क्षेत्र नम्बर ३ को प्रदेशसभा १ बाट उम्मेदवारका लागि नेपाली कांग्रेसले क्षेत्रीय समितिले उनीसहित चार जनाको नाम सिफारिस गरेको थियो ।

टिकटमा शेखरचन्द्र थापाले बाजी मारे । २०७४ सालको निर्वाचनबाट समानुपातिकतर्फको सांसद बनेका थापाले प्रत्यक्षको टिकट पाएपछि लिम्बू दलका उम्मेदवारलाई सहयोग गर्ने तयारीमा थिए । तर मनोनयन दर्ता गरेको भोलिपल्ट नै थापा बिरामी परे ।

३० दिनसम्म अस्पतालको बसाइपछि गत कात्तिक २३ गते थापाको निधन भयो । थापाको निधनपछि निर्वाचन आयोगले क्षेत्र नम्बर ३ को प्रदेशसभा १ का लागि नयाँ निर्वाचन कार्यतालिका बनायो । मंसिर ४ गते नै निर्वाचन गर्ने भन्दै आयोगले कार्यतालिका सार्वजनिक गरेपछि थापाकै श्रीमती लक्ष्मीलाई टिकट दिने चर्चा थियो । तर अन्तिममा काङ्ग्रेसको महाधिवेशन प्रतिनिधि लिम्बूले टिकटमा बाजी मारे ।

कात्तिक २४ गते मनोनयन दर्तापछि चुनावी अभियानमा हिंडेका लिम्बू प्रदेशसभा सदस्यमा निर्वाचित हुने करिब पक्का भएको छ । लिम्बुले १८ हजार २८६ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका दिलीपकुमार राईले १३ हजार ८५८ मत पाएका छन् । केही मत गणना गर्न बाँकी भए पनि उनको जित पक्का भएको छ ।

राप्रपा उम्मेदवार तीर्थबहादुर गुरुङ ६ हजार ६४१ मत ल्याउँदै तेस्रो स्थानमा रहे । मंगोल नेशनल अर्गनाइजेसनका उम्मेदवार रामचन्द्र गुरुङले १ हजार ८३६ मत प्राप्त गर्दा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उम्मेदवार दिनेश राईले १ हजार १६५ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?