+
+

बारा-४ बाट एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते १९:५१

७ मंसिर, बारा । बारा-४  बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका कृष्णकुमार श्रेष्ठ (किसान) निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनको उम्मेदवार उनले २९ हजार ५०५ मतसहित  जित हासिल गरेका हुन् ।

श्रेष्ठले एमाले-जसपा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका एकवाल मियालाई करिब १० हजार मतान्तरले पराजित गरे । एकवालले १९ हजार ४३९ मत पाए । लोकतान्त्रिक समाजवादी पार्टीमा रहेका एकवाल टिकट नपाएपछि मनोनयन दर्ताको केही दिनअघि मात्र एमाले प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?