+
+

गोरखा–१ बाट कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ७ गते २३:५३

७ मंसिर, गोरखा । गोरखा–१ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजेन्द्र बजगाईं निर्वाचित भएका छन् ।

बुधबार राति सकिएको मतगणना अनुसार बजगाई ३३ हजार ४२८ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामशरण बस्नेतले १६ हजार ७८५ मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुवर्ण रोकाहाले ४ हजार ८९२ मत पाएका छन् ।

यो क्षेत्रबाट २०७४ सालमा नेकपा माओवादी केन्द्रका हरि अधिकारी निर्वाचित भएका थिए ।

२०७४ सालमा बजगाईं र बस्नेत गोरखा–१ को प्रदेशसभा २ मा प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला बस्नेतले बजगाईंलाई पराजित गरेका थिए । ५ वर्षपति प्रतिनिधिसभामा यी दुबै उम्मेदवार प्रतिस्पर्धा गर्दा बजगाईंले हारको बदला लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?