+
+

सिन्धुपाल्चोकबाट माओवादीका युवराज दुलाल प्रदेश सभामा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १:५३

८ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक-२ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट नेकपा माओवादी केन्द्रका युवराज दुलाल निर्वाचित भएका छन् ।

उनले २० हजार ९०६ मत पाउँदा नेकपा एमालेका उम्मेदवार अमान सिं तामाङले १२ हजार १ सय ३९ मत पाए । उनीहरुबीचको मतान्तर ८ हजार ७६७ छ ।

दुलाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य पनि हुन् । उनी दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन् । पराजित भएका तामाङ २०७४ को निर्वाचनमा माओवादीकै उम्मेदवार भएर चौतारा साँगाचोकगढी नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

दुलाल र तामाङ तत्कालिन समयमा एउटै पार्टी माओवादी केन्द्रमा आवद्ध थिए । तर तामाङ दुई महिना अघि मात्र माओवादी त्याग गरेर एमाले प्रवेश भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?