+
+

कैलाली-१ मा रञ्जिता श्रेष्ठको जित सुनिश्चित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १०:३४

८ मंसिर, कैलाली । कैलाली-१ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको जित सुनिश्चित भएको छ ।

यो समाचार तयार पार्दासम्म रञ्जिताले २६ हजार १५५ मत पाइसकेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका रामजनम चौधरीले १५ हजार ७१८ र एमालेका तपेन्द्र बहादुर रावलले ५ हजार २३९ मत ल्याएका छन् ।

अब ८ हजार ६११ मत गन्न बाँकी रहँदा  रञ्जिताले १० हजार ४३७ मतले अग्रता कायम गरेकी छिन् ।

एकवर्ष अघि गठन भएको नागरिक उन्मुक्ति पार्टीले  कैलाली-३ मा जितिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?