+
+

काठमाडौंबाट चुनाव जित्नेलाई बालेनको बधाई, भने : सहकार्य गर्न आतुर छौं

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ८ गते १७:५४

८ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले काठमाडौंबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यहरुलाई बधाई दिएका छन् ।

सामजिक सञ्जाल मार्फत काठमाडौंका ९ जना सांसदको तस्वीर राखेर बधाई दिँदै बालेनले महानगर सहकार्य गर्न आतुर रहेको बताएका हुन् । उनले काठमाडौं १० बाहेक अरु सबै क्षेत्रबाट निर्वाचित सांसदको तस्वीर राखेका छन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १० मा भने काठमाडौं महानगरको कुनै पनि वडा पर्दैन ।

‘काठमाडौं महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईँहरु सबैको साथ आवश्यक हुनेछ । तपाईहरुसँग सहकार्य गरि काठमाडौं बनाउन हामी आतुर छौं,’ उनले भनेका छन् ।

देशकै राजधानी रहेको काठमाडौं महानगरमा देशभरीका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै बिषयहरुमा जोडिनु पर्ने भन्दै महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक उर्जा र उदाहरण प्रवाह गर्ने बालेनले बताएका छन् ।

सांसदहरुसँगको सहयकार्यको विषयमा बालेनले भनेका छन् ‘कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ । खोला किनार व्यवस्थापन फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?