+
+
Shares

मेटाका प्रवक्ताले भने- मार्क जुकरबर्गले सीईओबाट राजीनामा दिने कुरामा सत्यता छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ९:३७

सोसल मिडिया प्लेटफर्म तथा अन्य ठूला कम्पनीहरु पछिल्ला दिनमा खराब समयबाट गुज्रिरहेका छन् । यसैबीच फेसबुकको मातृ कम्पनी मेटासँग सम्बन्धित एउटा खबरले सनसनी मच्चाइदिएको छ ।

नोभेम्बर २२ मा सार्वजनिक भएको एक समाचारमा मेटा कम्पनीका सीईओ तथा फेसबुकका संस्थापक मार्क जुकरबर्गले सन् २०२३ को सुरुवातमै कम्पनीबाट राजीनामा दिने निर्णय गरेको दाबी गरिएको थियो । तर जुकरबर्गले राजीनामा दिने उक्त खबरको मेटाले खण्डन गरेको छ ।

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको मातृ कम्पनी मेटाका सीईओ जुकरबर्गले राजीनामा दिने भन्ने हल्लामा कुनै सत्यता नरहेको मेटा कम्पनीका प्रवक्ताले प्रष्ट पारेका छन् । मेटाका प्रवक्ता एन्डी स्टोनले एक ट्वीट गर्दै जुकरबर्गले राजीनामा दिने कुरा असत्य रहेको बताएका छन् ।

द लिक नामक वेबसाइटले विभिन्न स्रोतको दाबी गर्दै कर्मचारी कटौती र कम्पनीको खस्किंदो आर्थिक प्रगतिका बीच जुकरबर्गले अर्को वर्ष सीईओ पदबाट राजीनामा दिन लागिरहेको समाचार प्रकाशित गरेको थियो । उक्त समाचारमा जुकरबर्ग आफैंले राजीनामा दिने निर्णय गरेको तर यसले कम्पनीको अर्बौं डलरको मेटाभर्स परियोजनामा कुनै असर नगर्ने दाबी गरिएको थियो ।

लगानीकर्ता तथा विज्ञहरुले गम्भीर चासो व्यक्त गरिरहँदा पनि जुकरबर्ग आफ्नो मेटाभर्स परिकल्पनालाई तीव्र रुपमा अघि बढाउन दृढ रुपमा लागिरहेका छन् ।

गत महिना जुकरबर्गले कम्पनीका ११ हजार कर्मचारी कटौती गरेका थिए । कम्पनीका कुल कर्मचारीको १३ प्रतिशत कटौती गर्ने उक्त निर्णयलाई प्रविधि उद्योगमै ठूलो घटना मानिएको छ । मेटाले सन् २०२३ को पहिलो त्रैमासिक अवधिसम्म कुनै पनि नयाँ कर्मचारी भर्ना नगर्ने पनि जनाएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?