+
+

सिरहाबाट लोसपाका रामबाबु यादव प्रदेशसभामा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते ११:५५

सिरहा । सिरहा क्षेत्र नम्बर ४ को प्रदेशसभा २ बाट लोकतान्त्रिक समाजवादी पार्टीका रामबाबु यादव निर्वाचित भएका छन् ।

यादव ३६५ मतान्तरले जनता समाजवादी पार्टीका उम्मेदवार सुरेशकुमार मण्डललाई पराजित गर्दै विजयी भएका हुन् । यादवले ९ हजार ७६३ मत ल्याउँदा मण्डलले ९ हजार ३९८ मत प्राप्त गरे । मण्डल पूर्वराज्यमन्त्री समेत हुन् ।

जनमत पार्टीका सुरेशकुमार यादव ८ हजार ४५४ मत पाउँदै तेस्रो स्थानमा रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?