+
+

दीपक बोहरासँग ४७३ मतले पछि परे गृहमन्त्री खाँण

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १२:३०

९ मंसिर, बुटवल । रुपन्देही-३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खांणलाई पछि पारेका छन् ।

बोहराले  २७ हजार ६३१ मत पाएर अग्रता लिंदा सत्ता गठबन्धनका उम्मेदवार खाँणले २७ हजार १५८ मत पाएका छन् । करिब १८ हजार मत गन्न बाँकी हुँदा खाँण ४७३ मतले पछि परेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका जितबहादुर तेलीले चार हजार ८८६ मतसहित तेस्रो स्थानमा छन् भने नागरिक उन्मुक्ति पार्टीका तुल्सीप्रसाद थारु ३२६९ मत पाएका छन् । हाम्रो नेपाली पार्टीका प्रअयात बन्जाडेले एक हजार २ सय ११ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?