+
+

महोत्तरी-२ बाट लोसपाका शरतसिंह भण्डारी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १३:२९

९ मंसिर, महोत्तरी । महोत्तरी -२ बाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्‍मेदवार शरत सिंह भण्डारी प्रतिनिधिसभा सदस्‍यमा निर्वाचित भएका छन् ।

निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

भण्डारीले २५ हजार १९० मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सिंहले ११ हजार १२० मत ल्‍याए ।

यस्तै नेकपा एमालेका राम परीक्षण यादवले १० २५८ मत, जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत मात्र पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?