+
+

अफगानिस्तानमा तालिवानद्वारा रंगशालामा ‍लगेर १४ जनाको हत्या

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ९ गते १८:०७

९ मंसिर, काठमाडौं । अफगानिस्तानमा सरकार चलाइरहेको तालिवानले १४ जनालाई गोली हानेर हत्या गरेको छ ।

लोगर प्रान्तको एक फुटबल रंगशालामा हजारौं मानिसका बीच तालिवानले उनीहरुको हत्या गरेका हुन् । भ्रष्टाचार, व्यभिचार र डकैती गरेको आरोपमा तालिवानले २ महिलासहित १४ जनाको हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

मारिनेमा १२ जना सुरक्षाकर्मी र २ जना सर्वसाधारण नागरिक हुन् । तालिवानले यसरी हत्या गरेको यस महिनामा यो दोस्रो घटना हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?