+
+

विजय सुब्बालाई पराजित गर्दै तेह्रथुमबाट कांग्रेसकी सीता गुरुङ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १० गते ६:४८

१० मंसिर, तेह्रथुम । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसकी सीता गुरुङ निर्वाचित भएकी छन् ।

नेकपा एमालेका विजय सुब्बालाई एक हजार ७९ मतान्तरले पराजित गर्दै गुरुङ निर्वाचित भएकी हुन् । गुरुङले १९ हजार ७०२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी सुब्बाले १८ हजार ६२३ मत पाएका छन् ।

गुरुङ  गत २०७४ सालको निर्वाचनमा एमालेका भवानी खापुङसँग २ हजार २१ मतले पराजित भएकी थिइन् । सुब्बा २०४८ र २०५६ को निर्वाचनमा निर्वाचित भएका थिए ।

जिल्लाबाट तेस्रो पटक प्रतिनिधि सभाका लागि उम्मेदवार बनेका सुब्बा यसपटक भने पराजित भए ।

प्रदेश सभा (१) मा भने नेकपा एमालेका किशोरचन्द्र दुलाल र प्रदेश सभा (२) मा नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाई विजयी भएका छन्।

गत २०७४ सालको प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचनमा प्रतिनिधि सभा र दुवै प्रदेश सभा जितेको एमाले यस पटक भने प्रदेश सभा १ मा मात्रै झिनो मतले विजयी भएको छ ।

जिल्लामा २०७४ स्थानीय निर्वाचन ५ पालिका जितेको एमालेले हालै सम्पन्न २०७९ स्थानीय निर्वाचनमा ३ पालिका मात्रै जितेको छ ।

७१ हजार ९३३ मतदाता रहेका जिल्लामा ४१ हजार १८० जनाले मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?