+
+

चुनाव हारेपछि रेखा थापाको टिप्पणी : राजनीतिमा जित र हारको मात्र अर्थ हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर १० गते २१:०४

काठमाडौं । अभिनेत्री रेखा थापा प्रतिनिधिसभा सदस्यको लागि भएको निर्वाचनमा मोरङ-३ बाट पराजित भएकी छन् । मतगणनाको कूल परिणाम आउँदा उनी समग्रमा तेस्रो स्थानमा रहिन् ।

सो क्षेत्रमा ४८ हजार ६१३ मत ल्याएर कांग्रेसका सुनिलकुमार शर्मा निर्वाचित भए । रेखाले प्राप्त गरेको उक्त मत कांग्रेस उम्मेदवार शर्माले प्राप्त गरेको भन्दा ३७ हजारले कम हो ।

दोस्रोमा एमाले उम्मेदवार भानुभक्त ढकाल रहे । निर्वाचनअघि रेखाको चर्चा धेरै देखिएपनि चुनावी नतिजा आउँदा उनले कम मत प्राप्त गरिन् । चुनावी नतिजा बाहिर आएपछि रेखाले फेसबुकमा हार स्वीकारेकी छिन् ।

निर्वाचित कांग्रेस उम्मेदवार शर्मालाई बधाई दिँदै उनले काँधमा काँध मिलाएर अघि बढ्ने बताएकी छन् । तर, बाटो बिराए बिना हिच्किचाहट खबरदारी गर्ने पनि उनले उल्लेख गरेकी छन् ।

लेख्छिन्, ‘यसमा जित्नु वा हार्नुको मात्र अर्थ रहँदैन पनि । सांसद मात्र बन्ने चाहना हुँदो हो त म प्रत्यक्ष निर्वाचन नलडी सांसद बन्न सक्ने धेरै सजिलो अवसर मेरा सामु थियो । मैले त्यो अवसरको लोभ नगरि प्रत्यक्ष उम्मेदवार बनेको थिएँ । यसका धेरै अर्थ थिए र छन् भन्ने लाग्छ । खैर, बाँकी कुराहरु गर्दै जाउँला । निर्वाचनबाट पराजित हुँदैमा म अब तपाईँहरुबाट टाढा हुने नसोच्नु होला ।’

रेखाबाहेक प्रत्यक्षतर्फ उठेका अन्य कलाकार उम्मेदवार पनि हारेका छन् जसमा कोमल ओली, संजय श्रेष्ठ, हिमेश पन्त, मधुसुधन पाठक (सिते बा) पनि पराजित भएका छन् ।

प्रदेशसभातर्फ फिल्म निर्देशक बेदबहादुर गुरुङ, रोज राणा र मदुकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?