+
+
Shares

रेखा थापाको ‘माया भनेकै यस्तो होला’ को पहिलो झलकले कथाबारे के दर्शाउँछ ?

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
  • पोस्टरमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठलाई हल्दी उत्सवको परिवेशमा देख्न सकिन्छ ।
  • आगामी २६ भदौदेखि प्रदर्शनमा आउने तयारीमा रहेको यो फिल्म पारिवारिक कथावस्तुमा आधारित रहेको निर्माण टिमले जनाएको छ ।

काठमाडौं । फिल्म ‘माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक भएको छ । मुख्य कलाकारलाई समावेश गर्दै निर्माण टिमले पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरको केन्द्रमा अभिनो दील श्रेष्ठ छन् । उनी ‘हल्दी उत्सव’ मनाइरहेका छन् । त्यहाँ मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ पनि छन् ।

सबै पात्र खुसी छन् । ‘हल्दी उत्सव’का लागि सजाइएको झकिझकाउ थलो र आगन्तुकको पहिरनले खानदानी परिवारको छोराको विवाह आयोजना भैरहेको बुझिन्छ । नम्रताको हातमा बधाइका लागि हुनेवाला दुलाहलाई दिन ल्याएको पुष्पगुच्छा छ ।

मदनकृष्ण भने ह्विलचेयरमा छन् । पोस्टर हेर्दा यो फिल्म पारिवारिक कथावस्तुमा बनेको बुझ्न सकिन्छ । रेखा थापाको निर्देशन रहेको यो फिल्म २६ भदौदेखि प्रदर्शन तयारीमा छ ।

यो फिल्मबाट रेखा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन् । यसअघि ‘हिम्मतवाली र मालिकाजस्ता फिल्म निर्देशन गरेकी रेखाको यो तेस्रो निर्देशकीय कथानक हो ।

दिया एण्ड अमु फिल्मसको ब्यानरमा निर्माण भएको यस फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसहित मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ ।

विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ । लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेललगायतको अभिनय छ ।

हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् । ध्रुव लम्सालको पटकथा लेखन छ । सुदीप बरालको छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?