+
+
Shares

भोट हालेपछि रेखा : दलले मिलेर र मिलाएर देश बनाउन सकून

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २१ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री रेखा थापाले चावहिलस्थित पशुपति क्याम्पसको केन्द्रबाट काठमाडौं-४ क्षेत्रबाट मतदान गरेकी छन्।
  • रेखाले सामाजिक सञ्जालमा मतदानको तस्वीर सेयर गर्दै सबै दललाई 'मिलेर र मिलाएर देश बनाउन शुभकामना' दिएकी छन्।
  • उनले नागरिकलाई कहाँबाट मतदान गर्दै हुनुहुन्छ भनेर सोध्दै आफ्नो मतदान क्षेत्रको जानकारी दिएकी छन्।

काठमाडौं । अभिनेत्री रेखा थापाले चावहिलस्थित पशुपति क्याम्पसको केन्द्रबाट मतदान गरेकी छन् । विहिबार देशभर शान्तिपूर्ण रुपमा निर्वाचन भैरहेको छ ।

रेखा काठमाडौं-४ की मतदाता हुन् ।

रेखाले मतदानको तस्वीर सामाजिक सञ्जालमा सेयर गर्दै मिलेर र मिलाएर देश बनाउन दलहरूलाई शुभकामना दिएकी छन् । उनले नागरिकलाई कहाँ कहाँबाट मतदान गर्दै हुनुहुन्छ भने सोधेकी छिन् ।

रेखा लेख्छिन्, ‘ मिलेर र मिलाएर देश बनाउन शुभकामना सबै दललाई ! मैले क्षेत्र नम्बर ४ काठमाडौंबाट मतदान गरे ! तपाईंहरू कहाँबाट दिँदै हुनुहुन्छ ?’

कामको कुरा गर्दा, रेखा अभिनित फिल्म ‘३६ को आँकडा’ प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?