News Summary
Generated by OK AI. Editorially reviewed.- कथानक फिल्म ‘फ्रेन्च किस’ मा अभिनेत्री रेखा थापा महत्वपूर्ण भूमिकामा अनुबन्धित भएकी छिन्।
- कार्यकारी निर्माता सौगात बस्नेतले रेखाको प्रवेशले फिल्म सशक्त र आकर्षक बन्ने विश्वास व्यक्त गर्नुभयो।
- फिल्म सन् २०२६ भित्र प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ र निर्देशक अर्पण थापा हुनुहुन्छ।
काठमाडौं । कथानक फिल्म ‘फ्रेन्च किस’ मा अभिनेत्री रेखा थापा अनुबन्धित भएकी छन् । अहिले छायांकन भैरहेको फिल्मले यी चर्चित अभिनेत्रीलाई महत्वपूर्ण भूमिकामा अनुबन्धित गरेको हो ।
नयाँपुस्ताको प्रेमकथा समेटिने फिल्ममा अभिनेत्री थापालाई अनुबन्धित गरिएको जानकारी कार्यकारी निर्माता सौगात बस्नेतले दिए । थापाको प्रवेशसँगै फिल्म सशक्त, आकर्षक र प्रतिक्षित बन्ने विश्वास उनले व्यक्त गरे ।
रेखा अनुबन्धित भएकोबारे जानकारी दिँदै उनले भने, ‘उहाँ लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आउनु भएको छ । दमदार अभिनय, प्रभावशाली उपस्थिति र दर्शकमाझ लोकप्रियताका कारण परिचित उहाँको प्रवेशसँगै हाम्रो चलचित्र थप सशक्त हुने हाम्रो विश्वास छ ।’
बस्नेतले भने, ‘विभिन्न सफल चलचित्रमार्फत उहाँले आफ्नो छुट्टै पहिचान स्थापित गरिसक्नु भएको छ । अब ‘फ्रेन्च किस’ मार्फत उहाँ नयाँ पुस्ताको प्रेमकथामा फरक ढंगले प्रस्तुत हुनुहुनेछ ।’
कार्यकारी निर्माता बस्नेतले रेखाको अनुभव र स्टारडमले फिल्मले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत विशेष चर्चा दिलाउने अपेक्षा राखिएको बताए ।
एटीएफ प्रोडक्सन प्रालिको ब्यानरमा बन्दै गरेको फिल्मको निर्देशकमा अर्पण थापा छन् । फिल्ममा अर्पण र ‘शाम्बाला’ फेम्ड अभिनेत्री थिन्ले ल्हामो, गौरी मल्ल पनि शीर्ष भूमिकामा छन् । सहनिर्मातामा सुभाष शाही छन् ।
सुदीप बरालको छायांकन रहने फिल्ममा दीपक बज्राचार्यको संगीत हुनेछ । यो फिल्म सन् २०२६ भित्रमा प्रदर्शनमा ल्याउने लक्ष्य छ ।
प्रतिक्रिया 4