+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

निर्वाचनमा होमिन्न, फिल्ममै सक्रिय रहन्छु : रेखा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २६ गते १६:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री रेखा थापाले किताब र सिनेमा दुवैमा समाजकै कथा हुने भएकाले समानता रहेको बताएकी छन्।
  • उनले यसपटक राजनीतिक द्रष्टा मात्र बन्ने र पछिल्लो समय फिल्ममै सक्रिय रहेको बताएकी छन्।
  • रेखाले सफलताको परिचय पढाइसँग मात्र जोड्न नहुने र कलाप्रतिको मोहले पढाइको रुची घटेको बताएकी छन्।

काठमाडौं । अभिनेत्री रेखा थापाले किताब र सिनेमा, साहित्य र सिनेमा उस्ताउस्तै रहेको बताएकी छन् । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार उनले यी दुवै चीजमा समाजकै कथा हुने भएकाले समानता रहेको बताइन् ।

उनले आफूले किताब पढ्ने गरेको बताइन् । नेपालमा दुःखका कथा धेरै रहेको र आफूले पनि तिनै कथालाई देखाइरहेको उनको भनाइ छ । ‘हामीले समाज हाँसिरहेको कथा किताब र फिल्ममा कहिले देखाउन पाउँला,’ उनले प्रश्न गरिन् ।

सहजकर्ता नरेश भट्टराईले अब तपाईं निर्वाचनमा सहभागी हुने सम्भावना कत्तिको छ भनेर सोध्दा उनले यसपटक राजनीतिक द्रष्टा मात्र बन्ने बताएकी छन् । पछिल्लो समय फिल्ममै सक्रिय रहेको उनले बताइन् ।

पढाइमा राम्री भए पनि कलाप्रतिको मोहले पढाइको रुची घट्दै गएको रेखाको अनुभूति थियो । उनले आफ्नो रुचीको क्षेत्रमा दक्षता हासिल गर्दा सफल भइन्छ भन्ने लागेर कलाप्रति बढी सक्रिय भएको उनले बताइन् ।

सफल व्यक्तिको परिचय पढाइसँग जोड्न नहुने उनले बताइन् । ‘के हामीले बुद्धको पढाइ सोध्छौं ? उसको कर्मले समाज र जीवनमा प्रभाव पार्छ । कला साधना भएकाले क्लासको पढाइले मात्र जीवनमा अर्थ राख्दैन’, उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?