+
+
Shares

पशुपतिमा पूजा गर्दै रेखा थापाले घोषणा गरिन् फिल्म ‘३६ को आँकडा’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ३१ गते १३:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा फिल्म '३६ को आँकडा' निर्माण हुने भएको छ र शनिबार पशुपति मन्दिरमा शुभसाइत पूजा गरिएको छ।
  • फिल्ममा रेखा थापा र पूजा शर्मा शीर्ष भूमिकामा छन् र सविर श्रेष्ठले निर्देशन गर्दैछन् भने छायांकन सोमबारदेखि सुरु हुने जनाइएको छ।
  • रेखाले भनिन्, 'हरेक घरभित्र सुक्ष्म किसिमको महाभारत चलिरहेको छ' र फिल्ममा महेश त्रिपाठी र पुष्प खड्काले पनि अभिनय गर्नेछन्।

काठमाडौं । अभिनेत्री रेखा थापाको होम प्रोडक्सनमा फिल्म ‘३६ को आँकडा’ निर्माण हुने भएको छ । शनिबार पशुपति मन्दिरमा शुभसाइत पूजा गरियो ।

त्यसअघि रेखाले सामाजिक संजालबाट पहिलो झलक सार्वजनिक गरेकी छन् । पोस्टरमा रेखा र अभिनेत्री पूजा शर्मालाई फिचर्ड गरिएको छ । फिल्मलाई सविर श्रेष्ठले निर्देशन गर्दैछन् ।

फिल्मको शीर्ष भूमिकामा रेखा र पूजाले अभिनय गर्दैछन् । पोस्टरमा प्रहरी अधिकारीको भूमिकामा प्रस्तुत भएकी रेखाले पूजालाई हत्कडी लगाएर नियन्त्रणमा लिएको देखिन्छ ।

पोस्टरमा रेखाको अनुहारमा संघर्षपछि प्राप्त विजयको अभिव्यक्ति देखिन्छ भने पक्राउ परेकी पूजाको अनुहारमा अझै टक्कर जारी रहेको भाव झल्किन्छ ।

शुभसाइत पूजापछि रेखाले भन्नि, ‘हरेक घरभित्र सुक्ष्म किसिमको महाभारत चलिरहेको छ । प्रेमपूर्वक प्रदर्शन हुँदैछ । सबै ‘३६ को आँकडा’ झगडा मात्र होइन, त्यहाँ प्रेम पनि हुन्छ ।’

छायांकन सोमबारदेखि सुरु हुने जनाइएको छ । फिल्ममा महेश त्रिपाठी र पुष्प खड्काले पनि अभिनय गर्नेछन् ।

निर्देशक श्रेष्ठ र अभिनेत्री थापाले यसअघि रामप्यारी, तथास्तु, काली, इशारा, कसले चोर्‍यो मेरो मनजस्ता फिल्ममा सहकार्य गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?