
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रकाश सपुतको तीज गीत ‘नाइँ भनेसी नाइँ’को पहिलो झलक सार्वजनिक भएको छ जसमा रेखा थापा दुर्गामाताको अवतारमा देखिएकी छन्।
- रेखा थापाले पहिलोपटक म्युजिक भिडियोमा अभिनय गरेकी हुन् र गीत साउन १६ गते गलबन्दी प्रोडक्सनले रिलिज गर्ने जनाएको छ।
- गीतले महिला हिंसा, अन्याय र अत्याचारविरुद्धको सन्देश दिन्छ र रेखाले भनिन्, 'महिलाले नो भन्न सिक्नुपर्छ भन्ने हो'।
काठमाडौं । प्रकाश सपुतको तीज गीत ‘नाइँ भनेसी नाइँ’को पहिलो झलक सार्वजनिक भएको छ । फस्टलुक पोस्टरमा रेखा थापालाई दुर्गामाताको अवतारमा देख्न सकिन्छ ।
हातमा त्रिशुल बोकेर क्रोधित मुद्रामा देखिएकी रेखा दुर्गामाताको रुपमा आकर्षकरुपमा प्रस्तुत छिन् । रोचक कुरा के छ भने, पहिलोपटक रेखाले म्युजिक भिडियोमा अभिनय गरेकी हुन् ।
गायक सपुतले रेखालाई आफ्नो म्युजिक भिडियोमा प्रस्तुत गरेर दर्शकलाई ठूलै सरप्राइज दिएका छन् । ‘यसपाली तीजमा हरामीहरूका विरुद्ध सुपरस्टार रेखा थापा’ लेखिएको छ ।
‘नाइँ भनेसी नाइँ’ बोलको गीतमा शब्द संगीत प्रकाशकै छ भने स्वर समीक्षा अधिकारी र एलिना चौहानको छ । साउन १६ गते गीत रिलिज हुने गलबन्दी प्रोडक्सनले जनाएको छ ।
महिला हिंसा, अन्याय र अत्याचारविरुद्धका कथावस्तुमा हामीले रेखालाई देख्दै आएका छौं । ‘महिलाले नो भन्न सिक्नुपर्छ भन्ने हो । जहाँ नारीको सवाल आउँछ, त्यहाँ रेखा थापा उभिन्छ’ रेखाले भनिन् ।
समीक्षा र एलिनाविरुद्धका हिंसामा पनि रेखाले आफूलाई उभ्याउँदै आएकी थिइन् । कास्टिङको हिसाबले पनि प्रकाश सपुतले शब्द र संगीतलाई न्याय दिन खोजेको देखिन्छ ।
प्रतिक्रिया 4