+
+
Shares

पशुपति पुगेर रेखाले भनिन्- साउन महिना हृदय स्वच्छ पार्ने मौसम पनि

‘उपासना, आराधना र साधना हाम्रो जीवनमा, हाम्रो हृदयमा रुपान्तरण गर्नुछ’ भन्छिन्, ‘आराध्यदेव शिवजीको उपासनाले हाम्रो हृदय पखालिन्छ । हाम्रो मन मस्तिष्क शुद्ध हुन्छ । हृदय शुद्ध हुन्छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १७:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री रेखा थापाले साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा पशुपति मनोकामना पूर्ति तथा संकट मोचन महायज्ञमा सहभागी भइन्।
  • उनले साउन महिनालाई मन र आत्मा चिन्ने, हृदय पखाल्ने र शुद्ध शाकाहारी भोजन गर्ने अवसरको रुपमा लिने सन्देश दिइन्।
  • रेखालाई महायज्ञमा पुष्प वर्षाले सम्मान गरियो र केही दिनयता कलाकारहरु उक्त महायज्ञमा सहभागी भइरहेका छन्।

काठमाडौं । अभिनेत्री रेखा थापा साउन महिनाको पहिलो सोमबार पशुपतिनाथ मन्दिरमा पुगिन् । उनी त्यहाँ आयोजित पशुपति मनोकामना पूर्ति तथा संकट मोचन महायज्ञमा सहभागी भइन् ।

उनले त्यहाँ आध्यात्मिक प्रवचन पनि गरिन् । साउन महिना आफ्नो मन र आत्मा चिन्ने मौका रहेको उनले बताइन् ।

उनले भनिन्, ‘मन, आत्मा चिन्ने बेला पनि हो यो एक महिना । हामीले आफूलाई रुपान्तरण गर्ने र आफ्नो हृदयलाई पखाल्ने, आफ्नो हृदयसँग साक्षात्कार गर्ने एउटा महत्वपूर्ण अवसर हो साउन महिना ।’

साउन महिनालाई हृदय स्वच्छ पार्ने मौसमको रुपमा पनि लिन सकिने उनले बताइन् । साउन महिनामा शुद्ध शाकाहारी भोजन खानुपर्ने उनको भनाई छ ।

भन्छिन्, ‘साउन महिनामा शुद्ध शाकाहारी खानुपर्छ भनिन्छ, किनभने, भोजनले विचार उत्पादन गर्छ । यो समय आफूले आफूलाई राम्रोसँग चिन्ने अवसर हो ।’

उनले साउन महिनालाई धार्मिक आँखाबाट मात्र नहेरेर, आफूलाई परिमार्जन गर्ने अवसरको रुपमा पनि हेर्नुपर्ने उनको धारणा छ । ‘उपासना, आराधना र साधना हाम्रो जीवनमा, हाम्रो हृदयमा रुपान्तरण गर्नुछ’ भन्छिन्, ‘आराध्यदेव शिवजीको उपासनाले हाम्रो हृदय पखालिन्छ । हाम्रो मन मस्तिष्क शुद्ध हुन्छ । हृदय शुद्ध हुन्छ ।’

तस्वीर : गोपीकृष्ण चापागाईं

यसकारण साउन महिनालाई हृदय स्वच्छ पार्ने मौकाको रुपमा पनि लिन सकिने उनले बताइन् । ‘हामी गहना र लुगा लगाएर को राम्री देखिने हिसाबले पनि म आफै पनि गर्छु । यो एक महिना हामीले मानव जीवनमा गरेका त्रुटीहरू, पापहरु यी सब कुरा मनन गर्ने मौसम पनि हो साउन महिना’ उनले भनिन् ।

सो अवसरमा रेखालाई पुष्प वर्षाले सम्मान पनि गरियो । केही दिनयता कलाकार धमाधम उक्त महायज्ञ पुगिरहेका छन् । आइतबार अभिनेता सरोज खनाल पनि पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?