+
+
Shares

जन्मदिनमा रेखाको संकल्प : फिल्म र राजनीतिप्रति अझै प्रतिबद्ध हुन्छु

‘म त भर्खरै २१ पो लागेँ त’ रेखा भन्दै थिइन् । यो छेकोमा उनलाई सोधियो जन्मदिनमा तपाईंको प्रतिबद्धता के छ ? उनको जवाफ रह्यो- फिल्मप्रति समर्पण र लगाव सँधै रहिरहन्छ । देशको लागि राजनीतिमा अझै प्रतिबद्ध भएर लाग्नेछु ।’

राजन घिमिरे राजन घिमिरे
२०८२ भदौ ५ गते १२:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रेखा थापा २२ वर्षअघि मिस कोशी सुन्दरी प्रतियोगिताबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् र अहिले घरेलु फिल्मकी अग्लो नाम हुन्।
  • भदौ ५ मा जन्मेकी रेखा थापा अहिले फिल्म '३६ को आँकडा'को छायांकनमा व्यस्त छिन् र जन्मदिनमा परिवार र राप्रपाका महिला नेता कार्यकर्तासँग केक काट्ने तयारी छ।
  • रेखाले फिल्मप्रति समर्पण र लगाव सधैं रहने बताइन् र देशको लागि राजनीतिमा अझै प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरिन्।

काठमाडौं । २२ वर्षअघि मिस कोशी सुन्दरी प्रतियोगितामा भाग लिएर अघि बढेकी रेखा थापा अहिले घरेलु फिल्मकी अग्लो नाम हुन् ।

उनी नेपाली फिल्म क्षेत्रमा धेरै पढिने, सुनिने, बुझिने र देखिने अभिनेत्रीमध्ये पर्छिन् । सुरुमा यो कुरामा उनलाई विश्वासै लागेको थिएन ।

‘म यसलाई निरन्तरताको प्रतिफलका रूपमा लिन्छु । चलचित्र विधामा समर्पित हुने मेरो जीवनको सोचले मलाई यो क्षेत्रसँग जोड्यो । मर्न बरू गाह्रो नहोला तर सिनेमा क्षेत्रबाट अलग हुन मलाई गाह्रो छ ।’

उनले फिल्मप्रति आफ्नो लगाव र समर्पण सँधैभर रहने बताइन् ।

भदौ ५ अर्थात् आज उनै रेखाको जन्मदिन । सामाजिक सन्जालमा उनलाई बधाई र शुभकामनाको ओइरो छ ।

जन्मदिनमा उनी अहिले होमप्रोडक्सन फिल्म ‘३६ को आँकडा’को छायांकनमा ब्यस्त छिन् । बेलुका सुटिङ सेटमा केक काट्ने तयारी छ । त्यसअघि परिवार र आफ्नो दल राप्रपाका महिला नेता कार्यकर्तासँग केक काटेर जन्मदिन मनाउने उनको तयारी छ ।

‘म त भर्खरै २१ पो लागेँ त’ रेखा भन्दै थिइन् । यो छेकोमा उनलाई सोधियो जन्मदिनमा तपाईंको प्रतिबद्धता के छ ? उनको जवाफ रह्यो- फिल्मप्रति समर्पण र लगाव सँधै रहिरहन्छ । देशको लागि राजनीतिमा अझै प्रतिबद्ध भएर लाग्नेछु ।’

जे होस्, आलोचकलाई पनि आफ्नो बारेमा मन नलागी-नलागी सकारात्मक कुरा लेख्न बाध्य पार्न सक्ने रेखाको क्षमताको प्रशंसा गर्नैपर्छ । पहिलो फिल्म ‘हिरो’देखि पछिल्लो फिल्म ‘उपहार’सम्म आइपुग्दा रेखाले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन ।

रेखासँगै फिल्ममा आएकाहरू आज गुमनाम छन् । कतै केही चासो, चर्चा र खोजी छैन । निरन्तर लागिरहनु र टिक्न सक्नु पनि उनको खुबी वा क्षमताको कुरा हो । कलाकारिताबाटै कमाएको पैसाले फिल्म बनाउँदा केही हिट भए त केही फ्लप तर पनि रेखा विचलित भइनन्

‘जीवन र सृजना उस्तै हो, यसमा उतारचढाव आउँछन् । डगमगाउनु हुन्न र यात्रा जारी राख्नुपर्छ भन्ने मान्यता मेरो छ,’ यस्तो छ रेखाको आत्मबल । सस्ता कथा बोकेर त्यस्ता कथामा फिल्म बनाउन र मिडियामा करौडौँ क्लबका कुरा गरेर हौवा पिटाउन उनलाई पनि आउँथ्यो तर उनले त्यस्तो कहिले पनि गरिनन् ।

आफूलाई जिम्मेवार कलाकारको रूपमा प्रस्तुत गरेर आफ्नो कला–सृजनामार्फत समाजमा केही सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ भन्ने कुराले उनलाई सधैं प्रेरित गर्‍यो ।

‘कलाकारितामा च्याँखे थाप्न पहिला पनि आएको थिइनँ र अहिले पनि होइन । जीवन र कलाकारिताको पुरै गेम खेल्ने सोच र उद्देश्य लिएर आएकी छु म’ उनले भनिन् ।

लाग्छ, नेपाली समाज अब निकै एड्भान्स हुँदै छ । रेखाले मिनीस्कर्ट लगाउँदा ‘देखा थापा’ भनेर आलोचना गर्नेहरू नेपाली पर्दामा जिब्रो नै टोक्नुपर्ने अवस्थामा छन् ।

चलचित्र क्षेत्रमा सशक्त खम्बा गाडेकी रेखाको निरन्तरता, निडरता र क्रियाशीलता नै उनको ‘वाह’ गर्नलायकका पक्ष हुन् । नेपाली फिल्मलाई गाउँसम्म पुर्‍याएर कलाकारको क्रेज यतिसम्म पनि हुन्छ भनेर उदाहरणसहित पेस गर्न सक्ने रेखाजस्तै सहरमा मात्र होइन कि दुर-दराजसम्म पनि लोकप्रिय छिन् ।

उनै रेखालाई जन्मदिनको शुभकामना !

लेखक
राजन घिमिरे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?