+
+
Shares

रेखा र निरुताको ‘३६ को आँकडा’ नेपाली नयाँवर्षको छेकोमा

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १६ गते १४:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘३६ को आँकडा’ २७ चैत २०८२ देखि देशव्यापी रूपमा रिलिज हुने भएको छ।
  • सवीर श्रेष्ठ निर्देशित फिल्ममा रेखा थापा, पूजा शर्मा, निरूता सिंह, महेश त्रिपाठी र पुष्प खड्काले अभिनय गरेका छन्।
  • फिल्म रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको हो र यसले दर्शकलाई फरक स्वाद दिने विश्वास गरिएको छ।

काठमाडौं । अभिनेत्री रेखा थापाले निर्माण गरेको फिल्म ‘३६ को आँकडा’ नेपाली नयाँवर्ष २०८३ को छेकोमा आउने भएको छ । रेखाले सामाजिक सञ्जालबाट प्रदर्शन मिति घोषणा गरेकी हुन् ।

उनका अनुसार, सवीर श्रेष्ठ निर्देशित फिल्म २७ चैतदेखि देशब्यापी रिलिज हुनेछ ।

प्रदर्शन मिति घोषणा गर्दै रेखाले लेखेकी छन्, ‘ देश पाखण्डको दोस्रो अध्यायमा प्रवेश…। चलचित्र ‘छत्तीसको आँकडा’ आगामी चैत्र २७ गते देशव्यापी रूपमा रिलिज हुँदैछ । चैत २७ मा हलमै भेटौं ।’

फिल्ममा रेखासहित पूजा शर्मा, निरूता सिंह, महेश त्रिपाठी र पुष्प खड्का लगायतको अभिनय छ । यसअघि सार्वजनिक फिल्मको पोस्टरलाई दर्शकहरूले रूचाएका छन् । फिल्मले दर्शकलाई फरक स्वाद दिने विश्वास गरिएको छ ।

यो फिल्म रेखा फिल्म्स र काइट्स इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?