+
+
Shares

महिला मतदाता धेरै, उम्मेदवारमा ठूलो खाडल : रेखा थापा

तेजन खड्का तेजन खड्का
२०८२ माघ ७ गते १०:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नायिका रेखा थापाले महिला मतदाताको संख्या करिब ८९ लाख भए पनि महिला उम्मेदवार निकै न्यून रहेको भन्दै चिन्ता व्यक्त गरिन्।

७ माघ, काठमाडौं । नायिका रेखा थापाले निर्वाचनमा महिला मतदाताको संख्या उल्लेख्य भए पनि महिला उम्मेदवार निकै न्यून रहेको भन्दै चिन्ता व्यक्त गरेकी छिन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै थापाले कुल मतदातामध्ये महिला करिब ८९ लाख र पुरुष करिब ९२ लाख रहेको उल्लेख गरेकी छिन् । मतदाताको संख्यामा महिला–पुरुष लगभग बराबर भए पनि उम्मेदवारको संख्यामा ठूलो अन्तर देखिनु लोकतान्त्रिक अभ्यासकै कमजोरी भएको उनको भनाइ छ ।

‘जबसम्म दिदीबहिनी जाग्दैनन् र भोटर मात्र बन्दैनन्, तबसम्म देश बन्दैन, देश कहिल्यै हाँस्दैन’ उनी भन्छिन् । थापाले महिलालाई सचेत र जिम्मेवार राजनीतिक सहभागितामा आउन आग्रह गरेकी छिन् ।

उनले निर्वाचनप्रति सजग रहनुपर्ने उल्लेख गर्दै सचेत मतदान र नेतृत्व चयनमा महिलाको सक्रिय भूमिका अपरिहार्य रहेको बताएकी छिन् । रेखा थापाको अभिव्यक्तिले महिला प्रतिनिधित्व, नेतृत्व विकास र निर्णय तहमा महिलाको उपस्थितिबारे बहसलाई पुनः सतहमा ल्याएको छ ।

थापा २०७९ को निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार थिइन् । राप्रपाबाट उम्मेदवारी दिएकी उनले जित निकाल्ने भने सकिनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?