+
+

सुन र चाँदीको मूल्य स्थिर

अनलाइनखबर अनलाइनखबर
२०७९ मंसिर ११ गते १२:४९

११ मंसिर, काठमाडौं । पछिल्लो तीन दिनदेखी सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा केही उतार चढाव देखिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार पनि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय र तेजावी सुनको मूल्य ९७ हजार तीन सय रुपैयाँ रहेको महासंघले जनाएको छ । यो मूल्य बिहीबारदेखिकै निरन्तर भएको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँले घटेपनि शुक्रबार र आइतबार भने चाँदीको मूल्य प्रतितोला १ हजार २९५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?